बिहिबार , जेठ १२, २०७९

कांग्रेस केन्द्रीय सभापति देउवाको गृह जिल्लामा हुन सकेन गाउँ-नगर वडा अ’धिवेशन !

भाद्र १८, २०७८ शुक्रबार 266

काठमाडौं : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत आजदेखि गाउँ-नगर वडा अधिवेशन सुरु भएपनि केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भने गाउँ-नगर वडा अधिवेशन कहिले हुन्छ ? भन्ने समेत टुङ्गो लागेको छैन ।

सुदूरपश्चिमका ९ जिल्लामध्ये ४ जिल्लामा मात्र आज निर्वाचन सुरु भएको छ, भने बाँकी ५ जिल्लामा निर्वाचन हुन सकेको छैन । कञ्चनपुर, डोटी, अछाम र बझाङमा गाउँ-नगर वडा अधिवेशन सुरु भएपनि डडेल्धुरालगायत कैलाली, बैतडी, दार्चुला र बाजुरा जिल्लामा भने गाउँ-नगर वडा अधिवेशन रोकिएको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत जिल्लामा पुगेपनि आजसम्म क्रियाशील सदस्यताको नामावलीका साथै निर्वाचन सम्बन्धीका कुनैपनि सामग्री जिल्लामा नपुगेकोले निर्वाचनका कार्यक्रम अगाडि बढेका छैनन् ।

सात ओटा स्थानीय तह र ५२ वडा रहेको डडेल्धुरामा क्रियाशील सदस्यतामा वि’वाद रहेको छ । जिल्ला सभापति कर्ण बहादुर मल्ल समूह र देउवा पत्नी आरजु राणा देउवाको समूहबीच क्रियाशील सदस्यतामा वि’वाद देखिएपछि डडेल्धुराको अधिवेशन कहिले हुने भन्ने समेत टुङ्गो लागेको छैन ।

केन्द्रीय सभापति देउवाले जिल्लामा क्रियाशील सदस्यतामाथि हस्तक्षेप गरि जिल्ला सभापति मल्ल नि’कट मानिने पुराना सदस्यहरुलाई हटाउनुका साथै आफ्नो समूह निकटका नयाँ सदस्य थप गरेको कांग्रेस नेताहरुको आ’रोप छ । आधिकारिक सूची जिल्लामा नपुगेपनि केही थपघट भएको जानकारी पाएपछि कांग्रेस कार्यकर्ता नेतृत्वको आलोचना गरिरहेका छन् ।

डडेल्धुरामा वर्तमान सभापति कर्णमल्ल र देउवा पत्नी आरजु राणा देउवाको समूहबीच गत महाधिवेशनदेखि नै वि’वाद रहँदै आएको छ । बैतडीमा भदौ २१ गते र दार्चुलामा भदौ २२ गते निर्वाचन तोकिएको भएपनि डडेल्धुरासँगै कैलाली र बाजुरामा समेत मिति नै तोक्न सकेको छैन ।

कांग्रेसले १४औँ महाधिवेशन अन्तर्गत गाउँ–नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

प्रतिकृया दिनुहोस्