शनिबार , अषोज ९, २०७८

ओलीको स्वास्थ्यमा समस्या, अत्यावश्यकबाहेकका भेटघाट बन्द !

भाद्र १९, २०७८ शनिबार 90

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ ।

अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाईंका अनुसार अध्यक्ष ओलीलाई रुघा खोकी र ज्वरोले च्यापेको छ । अध्यक्ष ओली अस्वस्थ भएसँगै बालकोटस्थित निवासमा आराम गरिरहेको बजगाईंको भनाइ छ ।

पार्टीको काममा व्यस्त रहेका ओलीको स्वास्थ्यमा समस्या देखिएसँगै अत्यावश्यक कामबाहेकका भेटघाट बन्द गरिएको छ ।

आज काठमाडौं महानगर कमिटीले आयोजना गरेको महानगरस्तरीय बृहत् कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सम्बोधन कार्यक्रम रहेको थियो । तर, अस्वस्थ भएसँगै उनी कार्यक्रम अनुपस्थित हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्