शनिबार , अषोज ९, २०७८

मानिसको क्रु’रताको हद, संखुवासभा ह’त्याकाण्ड जटिल र रहस्यमय : प्रहरी !

भाद्र २३, २०७८ बुधबार 336

काठमाडौं : मानिस कतिसम्म नि’र्दयी र क्रुर बन्दै जाँदैछ भन्ने उदाहरण संखुवासभामा खोला गाउँमा भएको सामूहिक हत्या’काण्डले छर्लङ्ग पारेको छ ।

घर वरपर छरिएको अवस्थामा फेला परेको एउटै परिवार ६ जनाको शवको घटना बाहिरिए पछि आम नेपालीको आङ्ग सिरिङ्ग बनेको छ । अविवेकी बन्दै गएको समाजमा घ’टेको यो घ’टनाका योजनाकार र ह’त्यारा को होलान रु र, किन यति क्रु’र घ’टना घटाइयो भन्ने कोतुहलता सर्वत्र बढेको छ ।

प्रहरीले बिभिन्न प्रविधिको सहयोगमा अनुसन्धान थालेको छ भने घ’टनामा मारिएका ६ जनाको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु्र्याइएको छ ।

अ’ज्ञात समूहले संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँका ५८ वर्षीय तेजबहादुर कार्की, कार्कीका ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी ह’त्या गरेको थियो ।

बाँचेका एक जना तेजबहादुरका ८५ वर्षीय बुवा बौद्धमान कार्की कान सुन्दैनन र आँखा पनि कमजोर छ। तेजबहादुरका छोरा रमेश कार्की रोजगारीको सिलसिलामा मलेसिया र अर्को छोरा नरेश कार्की दुबईमा रहेका छन् । मृ’तक सबैको टाउको र शरीर भर धारिलो ह’तियार प्रयोग नभई रड प्रहार गरि ह’त्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिकृया दिनुहोस्