बिहिबार , जेठ १२, २०७९

‘एमसीसी’ अगाडि बढाए सरकार छोड्ने माओवादी केन्द्रको निर्णय, वालुवाटारतिर प्रचण्ड !

फागुण ४, २०७८ बुधबार 185

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एमसीसी पास गर्न खोजे सरकार छोड्ने निर्णय निकालेको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय सहमतिबिना

जबरजस्ति पास गर्न खोजे सरकार छोड्ने निर्णय गरेको हो । आज प्रतिनिधिसभाको बैठक दिउसो २ बजे बस्ने भएको छ । प्रतिनिधिसभा बैठकअघि संसदको कार्यव्यवस्था बैठक पनि यतिबेला बसिरहेको छ ।

सो बैठकले आजको संसद बैठकम ‘एमसीसी’ टेबुल गर्ने निर्णय गर्ने बताइएको छ । उक्त बैठकअघि नै माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो ।

उक्त बैठकले एमसीसी संशोधन र परिमार्जन नगरि पास गर्न नसकिने निश्कर्षमा पुगेको माओवादी केन्द्रले जनाएको छ । सत्ता गठबनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ‘एमसीसी’ संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आएको छ ।

तर सत्ता गठबन्धनकै घ’टक मओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले भने कुनैपनि हालतमा यथास्थितीमा एमसीसी पास गर्न नसकिने अडान लिँदै आएको छ । माओवादी केन्द्र वि’पक्षमा विपक्षमा मतदान गर्नेसमेत निश्कर्षम पुगेको छ ।

संसद सुचारु नगरी कुनै पनि ए’जेण्डा अगाडि बढ्न नसक्नेसमेत माओवादी केन्द्रको अडान छ । साथै पार्टीको बैठक सकेर मओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ भने प्रधानमन्त्री शेरबहादु देउवालाई भेट्न वालुवाटारतर्फ प्रस्थान गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्