बिहिबार , जेठ १२, २०७९

भारतबाट ल्याइएको तरकारीमा खानै नहुने रासायनिक विषादी प्रयोग भएको पुष्टि !

फागुण ७, २०७८ शनिबार 119

काठमाडौं : भारतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका

फलफूल र तरकारीको छवटा नमुनामा खान नहुने विषादी प्रयोग भएको पाइएको हो । नेपाल भित्र्याइएका १८ हजार ८२६ वटा नमुनाको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर, चिकुु, तथा आलुुको छवटा नमुनामा खान नहुने रासायनिक विषादी प्रयोग भएको पाइएको छ ।

यस्तै नौवटा नमुनामा केही दिन पर्खेर मात्रै खान हुने विषादी पाइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विभागको दोस्रो त्रैमासिक तथा अर्धवाषिक प्रगति विवरण सार्वजनिक गर्दै सोबारेमा जानकारी गराएको हो ।
गएको कात्तिक १ गतेदेखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको विभागका महानिर्देशक डा: मतिना जोशी वैद्यले जानकारी दिइन् ।

द्रुत परीक्षणको पूर्ण विवरणसहित भन्सार कार्यालयमै पठाउने गरेको जानकारी दिँदै उनले भनिन्, “कैफियत भेटिएका तरकारी तथा फलफूल रिपोर्ट हेरेर नष्ट गर्ने वा भन्सार पास गर्ने अधिकार सबै भन्सार कार्यालयलाई छ । हाम्रा साथीले रिपोर्ट दिनुहुन्छ, त्यो के गरियो भन्ने हामीलाई जानकारी हुँदैन ।

प्रतिकृया दिनुहोस्