बिहिबार , जेठ १२, २०७९

फेरि बढयो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य पुग्यो १४५ !

फागुण ८, २०७८ आइतबार 85

काठमाडौं : नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृ’द्धि गरेको छ । पेट्रो’लियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन वृद्धि गरेको हो ।

आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य रु १४५ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य रु १२८ कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत राखिएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.६१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रू ४.९५ ले बढेर आएको निगमले जनाएको छ । सोही अनुरुप निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

थप समाचार, राष्ट्रिय जनमो’र्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पो’रेशन एमसिसी को नाममा गठबन्धन भत्का’उने प्रयास भइरहेको बताएकी छन् ।

राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई आज सम्बोधन गर्दै उनले वि’पक्षी दलका केही नेताहरु गठबन्धन भत्काउन लागि परेको बताएकी हुन् । ‘वि’पक्षी दलका केही नेताहरु सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटेर

एमसिसी पारित गर्ने र गठबन्धन भत्काउने प्रयास गर्दैछन्, यसमा गठबन्धन सचेत हुनु जरुरी छ,’ उनले भनिन् ।
दुई-दुई पटक संसद् वि’घटन गरेको एमालेले पाँच दलीय गठबन्धन भत्काएर संसद् विघ’टनको औ’चित्य सावित गर्न खोजेको उनको भनाइ छ ।

उनले एमसीसीका बारेमा यथार्थ कुरा जनतामाझ लैजानुपर्ने बताइन्। सम्मेलनले लालबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । सम्मेलनले सात सदस्यीय सल्लाहकार समिति गठन गरेको जनमो’र्चाका नेता रोशन दानीले जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्