बिहिबार , जेठ १२, २०७९

एमसीसीको वि’पक्षमा मतदान गर्ने नेकपा (एस) को निर्णय !

फागुण ९, २०७८ सोमबार 76

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद्मा पेश भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को वि’पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ ।’एमसीसीकै कारण गठबन्धनको सम्बन्धमा भने भविष्यमा जे हुन्छ त्यहीँ निर्णय गरिने उनले बताए । उनले भने, ‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ ।’

थप समाचार:
विश्वकप छनोट : नेपाल समूह वि’जेता बन्दै सेमिफाइनलमा —

अन्तिम खेलमा क्यानडालाई ८ विकेटले प’राजित गरेपछि नेपाल समूह बी बाट वि’जेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ ।

युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । क्यानडा समूह बी बाट बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपवि’जेताका रुपमा सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल पुगेको अर्को टिम आयरल्याण्ड समूह ए को विजेता हो ।

दुवै सेमिफाइनल खेल मंगलबार एकै समयमा नेपाली समयअनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुनेछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्बाधिक ३४ रन बनाए । उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे । दीपेन्द्रले २७ रनको योगदान गरे ।

कुशलले अघिल्लो खेलमा फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय पारी खेलेका थिए ।३.६ ओभरमा ओपनर आसिफ शेख व्यक्तिगत १७ रनमा आउट भएपछि आएका कुशल मल्लले रनको खाता नखोली आउट भए । बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नजरले १/१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा अटआउट हुँदै ८० रनमा सीमित भएको थियो । क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने कमलसिंह ऐरी र अविनाश बोहराले २–२ तथा कुशल मल्लले १ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस्