बिहिबार , जेठ १२, २०७९

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, एमसीसीमा सहयाेग गर्न देउवाकाे आग्रह !

फागुण १२, २०७८ बिहिबार 156

काठमाडाैँ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता प्रतिनिधिसभामा छलफल प्रारम्भ हुन लागेकाले सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो ।

छलफलमा प्रधानमन्त्रीले एमसिसी सम्झौता पारित गर्न सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । सिंहदरबारमा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष

माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेलगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको हो,
सिंहदरबारको छलफलमा प्रतिनिधिसभामा आजदेखि सुरु हुन लागेको

एमसिसी सम्झौताका सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबारेमा विचारविमर्श भएको बताइएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा एमसिसी सम्झौताबारे सैद्धान्तिक छलफल हुने कार्यसूची तय भएको छ ।

प्रतिकृया दिनुहोस्