बिहिबार , जेठ १२, २०७९

संशोधन नभएसम्म ‘नो एमसीसी’ :- झलनाथ खनाल

फागुण १२, २०७८ बिहिबार 161

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संशोधन नभएसम्म कुनै पनि हालतमा एमसीसी पारित गर्न नहुने दोहोर्याएका छन् ।

आज बिहान एकीकृत समाजवादी संसदीय दलको कार्यालय सिंहदरबारमा अर्को सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा) सँगको छलफलपछि प्रतिकृया दिँदै नेता खनालले आफ्नो पार्टीले परिमार्जनविना एमसीसी पारित गर्न नसकिने निर्णय गरेको स्मरण गराउँदै यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने– ‘ नो एमसीसी विथआउट एनी चेन्ज एण्ड एमेण्डमेन्ट ।’नेता खनालले एमसीसीकै कारण गठबन्धन टुट्नुपर्ने कुनै कारण नरहेको समेत बताएका छन् । संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा आफ्नो पार्टी र माओवादी केन्द्र प्रतिवद्ध रहेको बताउँदै नेता खनालले गठबन्धन टुटाउने पक्षमा कोही नहेको बताए ।

थप समाचार:
प्रतिनिधि सभाको बैठक स्थगित —:

अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको

संसद बैठक स्थगित गरिएको हो । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि शुक्रबार दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस्