बिहिबार , जेठ १२, २०७९

अभिनेता पल शाहवि’रुद्ध गैँडाकोटमा ब’लात्कारसम्बन्धी अर्को उ’जुरी !

फागुण १५, २०७८ आइतबार 207

काठमाडौं : मोडल तथा अभिनेता पल शाहवि’रुद्ध ब’लात्कारसम्बन्धी अर्को उ’जुरी परेको भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा अभिनेता शाहवि’रुद्ध आज ब’लात्कारसम्बन्धी उ’जुरी जाहेरी गरिएको हो ।

गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा अभिनेता पल शाहबाट ब’लात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उ’जुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

पी’डित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उ’जुरी दिएकी गिरीले बताए । पी’डित किशोरीको उ’जुरीपछि प्रहरीले घ’टनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ ।

“किशोरीको जाहेरीपछि हामीले घ’टनास्थलको काम सकाएर आजै उहाँको मेडिकलको काम गर्ने तयारी गरिरहेका छौँ”, गिरीले भने, “भरतपुरमा लगेर उ’जुरीकर्ताको मेडिकल गर्छौँ, त्यसपछि मात्रै उ’जुरी दर्ता गर्ने वा नगर्ने भन्ने एकिन हुन्छ ।”

गैँडाकोटमा आज उजुरी दिएकी गायिकाले गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उ’जुरी दिएकी थिइन् । गायिकाको उ’जुरीपछि प्रहरीको फरार सूचिमा रहेका नायक शाह आज जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।

प्रतिकृया दिनुहोस्