काठमाडौं : मन्त्रिपरिषद्को बैठकले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौतासम्बन्धी ब्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।
आइतबार बसेको क्याबिनेट बैठकले ३ मिनेटमै एमसीसीको ब्याख्यात्मक प्रस्ताव पारित गरेको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिएकी छन् ।
आइतबार साढे ६ बजेसम्मका लागि स्थगित प्रतिनिधि सभा बैठक पुनः सुचारु गरिनेछ । बैठकमा ब्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नेछन् र पारित गरिनेछ ।
थप समाचार:
क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना प’क्राउ -:
प्रहरीले क्यानडा पठाइदिन्छु भनी नक्कली कागजातसमेत दिई ठगी गरको आरोपमा एकजनालाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-८ स्थित
गौशाला बस्दै आएका २३ वर्षीय लालबाबु कापर रहेका छन् । उनलाई महानगरीय अ’पराध महाशाखाको टोलीले गत शुक्रबार काठमाडौंको तीनकुनेबाट प’क्राउ गरेको हो । कापरले सर्लाही ब्रम्हपुरी गाउँपालिका-६
घर भई हाल ललितपुर बालकुमारी बस्दै आएका अरबिन्द कुमार साहलाई १२ लाख २० हजार मिलाइदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ । प’क्राउ परेका उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुर पठाइएको अ’पराध महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्