बिहिबार , जेठ १२, २०७९

नगर प्रमुख धर्मेन्द्र पटेल घुस रकमसहित प’क्राउ !

फागुण १६, २०७८ सोमबार 103

काठमाडौं : रौतहटको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

उनलाई आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट प्रहरी नायब उपरीक्षक पुष्प मल्लको नेतृत्वमा आएको टोलिले कार्यकक्षबाटै प’क्राउ गरेको हो । उनको साथबाट दुई लाख पचाँस हजार नगद र दुई

लाख पचाँस हजारको चेक फेला परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए अख्तियारको टोलीले नगर प्रमुख पटेलसहित योजना प्रमुख, लेखापाल र मेयरका स्वकिय सचिवलाई पनि टोलीले नियन्त्रणमा लिएर अनुसन्धान

गरीरहेको उनले बताए । सोही नगरपालिकाको वडा नंम्वर १ का वडाअध्यक्ष शेख नुरुल्लाहसंग घुस बापतको रकम मागेको अख्तियारमा गुनासो आएपछि घुस सहित प्र’काउ गरिएको अख्तियारले जनाएको छ ।

यता जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत रहेका नगर प्रमुख पटेललाई झुटा आ’रोपमा फसाएको सो पार्टीले दावी गरेको छ । मधेस प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले आफ्नो फेसबुक एकाउण्ट मार्फत नगरप्रमुख पटेल षडयन्त्रका सिकार भएको र सो वि’रुद्ध सं’घर्ष गर्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्