बिहिबार , जेठ १२, २०७९

‘एमसीसी पास भएपछि अमेरिका खुसी’, भन्यो :- “नेपालमा अझै अपत्यारिला परिवर्तनहरू हुनेछन्” !

फागुण १६, २०७८ सोमबार 357

काठमाडौं : संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमो्दन भएपछि अमेरिकाले खुसी व्यक्त गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालले एमसीसी पास गरेकोमा खुखी व्यक्त गरेको हो ।

उसले बिज्ञप्तिमा एमसीसी पास भएसँगै अब नेपाली जनताका लागि रोजगारी सृजना हुने उल्लेख गरेको छ । त्यस्तै बिद्युत आ’पूर्ति पनि वृद्धि हुने र ढ्वानीमा पनि खर्च घट्ने अमेरिकाको भनाइ छ । साथै नेपालले अब पाँच वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्ने अवस्थामा रहेको भन्दै अमेरिकाले खुसी व्यक्त गरेको छ ।

उसले नेपाल अमेरिका सम्भन्धको ७५औँ वर्षसम्म आइपुग्दा नेपालमा विशाल र अपत्यारिलो परिवर्तन भएको र त्यसलाई अमेरिकाले अझै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘अब यस पाँच–वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ,’ दूतावासले निकालिएको बिज्ञप्तिमा भनिएको छ । त्यस्तैगरी यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष रहेको जनाउँदै दूतावासले यी

७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएको समेत स्मरण गरेको छ ।‘यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ । र, हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ। अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ।

हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौँ,’ बिज्ञप्तिमा भनिएको छ । करिब २० वर्षअघि एमसीसीको स्थापना भएयता भएको जनाउदै अमेरिकाले उक्त कम्प्याक्टहरूमार्फत विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको बताउँदै जनाएको छ ।

अमेरिकाले आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारवि’रुद्धको ल’डाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्ने जनाएको छ।

२ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो । उक्त सम्भौतालाई नै टेकेर केही बुदामा व्याख्यात्मक टिप्पणीसहित नेपालले संसदबाट फागुन १५ गते पास गरेको छ ।

प्रतिकृया दिनुहोस्