बिहिबार , जेठ १२, २०७९

मान्छेको संगतले अल्छी बन्दै बाँदरहरु…

फागुण १९, २०७८ बिहिबार 275

रौतहट : बाँदर जंगलमा समूहमा बस्न रमाउने प्राणी हो । उनीहरु जंगलमा पाइने फलफूल, कन्दमुललगायतका खानेकुरा खाएर बाँच्ने गरेका छन् । तर, पछिल्लो समय मानिसहरुले सडकमा खानेकुरा दिने बानी गरेपछि उनीहरु सडकमै आएर खाना कुर्न थालेका छन् ।

उनीहरु सडकमा मानिसहरुले सहजै खानेकुरा दिने आशमा आफै खाना खोज्न अल्छी गर्न थालेका छन् । बाँदरहरु खानाको आशमा सडकमा झुण्ड बनाएर आउँदा सडक दु’र्घटनालगायत विभिन्न समस्याहरु देखिन थालेका छन् । रौतहटको पूर्वपश्चिम राजमार्गका दर्जनौं स्थानहरुमा बाँदरहरुको झुण्ड देखिने गरेको छ ।

जंगलमा बस्नुपर्ने बाँदर सडकमा निस्कदा समस्या देखा पर्न थालेको छ । मानिसले खानेकुरा दिने आशामा सडकमा आउने बाँदरहरुका कारण राजमार्गमा दु’र्घटनाको जो’खिम बढेको छ । यहाँका सडकहरुमा दु’र्घटनाबाट मृत्यु हुने बाँदरको संख्या पनि बढ्दो छ ।

अचानक सडकमा आउने बाँदरलाई बचाउन खोज्दा दु’र्घटना हुने जो’खिम उच्च रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक ज्ञान बहादुर माझीले बताए । यहाँका जंगलहरुमा ठूलो संख्यामा राता बाँदरहरु र फाट्टफुट्ट ढेडु बाँदरहरु पाइने गरेका छन् ।

राजमार्ग भएर यात्रा गर्ने सवारी साधनहरुले रोकेर यात्रीहरुले बाँदरहरुलाई बिस्कुट, फलफूल, पाउरोटीलगायतका खानेकुराहरु दिने गरेका छन् । यसरी बाँदरहरुलाई खानेकुरा दिने बानी मानिसहरुले लगाएपछि बाँदरहरुले जंंगलमा आफैले खानेकुरा खोज्न छोडेर राजमार्गमा खानाको आशमा आउने गरेको वन्यजन्तु विज्ञ प्राडा मुकेस कुमार चालिसे बताउँछन् ।

यसरी सडकमा बाँदरहरुलाई खाना दिने बानी गरेपछि बाँदरहरु अल्छी हुँदै गएको र जंगलको प्राकृतिक खाना खोज्न छाडेर राजमार्गमा भौतारिने गरेको उनको भनाइ छ । ‘बाँदरहरु बिहानदेखि साँझसम्म खानाकै आसमा जंगल छाडेर राजमार्ग वरपर बस्ने गरेका छन्’ उनी भन्छन्, ‘उनीहरुले जंगलमा खाना खोज्न अल्छी गर्न थालेका छन् ।

यसले उनीहरुलाई पनि असर गरिरहेको छ ।’मानिसहरुले मायाले राजमार्गमा खाना दिने बानी गरेपछि बाँदरहरुको खाना जंगलमै प्राकृतिक खाना खोज्ने बानीमा ह्रास हुँदै गइरहेको पाइएको विभिन्न अध्ययनहरुले देखाएको वातावरणविद् सुमन घिमिरे बताउँछन् ।

‘मानिसहरुको क्ष’णिक मायाले बाँदरहरुको खाद्य समस्या हटाउन सक्दैन्’ उनी भन्छन्, ‘बिस्कुट, पाउरोटि, चिजवल्सका केही प्याकेटले उनीहरुको भोक टार्न सक्दैन् बरु उल्टै उनीहरुलाई खानाको लागि परनिर्भर बनाइरहेको छ ।’

बाँदरहरु कसैले सवारी साधन रोके दौडदै यात्रु वरपर झुम्मिन्छन् । सडक छेउमा फालिएका फोहोर र म्याद गुज्रिएका खाद्य सामग्री पनि बाँदरको लागि आहारा बन्ने गरेको छ । मानिस र बाँदरको नजिकको संगतले मानिसहरुको रोगलगायतको सं’क्रमण बाँदरमा सर्ने सम्भावना उच्च रहेको र पछि त्यो सं’क्रमण मानिसमानै फैलनसक्ने जो’खिम रहेको जानकारहरु बताउँछन् ।यसरी प्रकृतिमा रमाउने जनावरलाई छेडखानी गर्नु कानून

वि’परित भएकाले बाँदरहरुलाई खानेकुरा नदिन डिभिजन वन कार्यालय रौतहटले चे’तवानी दिएको छ । सो कार्यालयका प्रमुख अमरदेव यादवले आम सर्वसाधरणले यस्ता कार्यहरु बन्द गरेर बाँदरहरुलाई प्राकृतिक वासस्थानमा रमाउन प्रे’रित गर्दै त्यहीँ किसिमको वातावरण सिर्जना गर्नमा जोड दिए । उनले कसैले बाँदरलाई खाना दिएको भेटिएमा कानून बमोजिम कारवाही गर्ने बताउँदै यस्ता कार्यलाई प्रोत्साहन नदिन सर्वसाधरणहरुलाई आ’ग्रह गरे ।
-अनमोल कार्की

प्रतिकृया दिनुहोस्