बिहिबार , जेठ १२, २०७९

पल शाहलाई तनहुँबाट गैंडाकोट लगियो, आज गैंडाकोटमा राखिने भोलि कावासोती लगिने !

फागुण २४, २०७८ मंगलबार 179

काठमान्डौ : ना,’बालिकामाथि ज,’वर्जस्ती क,’रणी गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागि गैंडाकोट लगिएको छ ।

फागुन ११ गते एक नावालिका गायिकाले शाहले आफूमाथि ज,’वर्जस्ती क,’रणी गरेको भन्दै जाहेरी दर्ता गरेपछि १५ गतेदेखि शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हि,’रासतमा छन् ।

फागुन १५ गते तनहुँ प्रहरी समक्ष आ’त्मसर्पण गरेका शाह विरु’द्ध सोही दिन नै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि जा’हेरी दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि शाहलाई आज तनहुँबाट गैंडाकोट लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकाेटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डले

जानकारी दिईन ।प्रहरी स्राेतका अनुसार शाहलाई आज गैडाेकाटमै राखिने र भाेलि कावासाेती लगेर सरकारी वकिलकाे कार्यालयमा बयान लिने तयारी छ।

इलाका प्रहरी कार्यालय गैंडाकोटमा ती बालिकाले दर्ता गरेको जा’हेरीमा २०७७ चैत ७ गते राति गैंडाकोट नगरपालिका–७ स्थित गैंडाकोट रिसोर्टमा ब,’लात्कार गरेको उल्लेख छ ।

प्रतिकृया दिनुहोस्