बिहिबार , जेठ १२, २०७९

रंगेलीका मेयर र उपमेयरलाई ओलीले एमालेमा भित्र्याए !

फागुण २५, २०७८ बुधबार 302

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट मोरङको रंगेली नगरपालिकाको नगरप्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) बनेका दिलिपकुमार अग्रवाल (बगडिया) र उपमेयर केशवकुमारी खराल पार्टी छाडेर नेकपा एमालेमा भित्रिएका छन् ।

बुधबार रंगेलीमा आयोजना गरिएको तराई मधेश वृहत आमसभाबाट दुवैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अविर दलेर पार्टीमा भित्र्याएका हुन् । आमसभा कार्यक्रम अहिले जारी छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीबाट मेयर र उपमेयरमा नि’र्वाचित भएका बगडिया र खराल भएका थिए । माओवादी र एमाले मिलेर बनेको तत्कालीन नेकपा चो’इटिएपछि बगडिया र खराल दुवै

एमालेतिर लागेका थिए । मेयर र उपमेरयसँगै नगरपालिकाका वडामा माओवादी केन्द्रबाट नि’र्वाचित भएका केही वडाध्यक्ष पनि एमालेमा प्रवेश गरेको बताइएको छ ।

एमालेमा प्रवेश गरेका मेयर र उपमेयरलाई माओवादी केन्द्रबाट का’रबाही गरिएको छ । प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले मंगलबार प्रेस वि’ज्ञप्तिमार्फत पार्टी हित वि’परित काम गरेको भन्दै पार्टीबाट निष्कासन गरिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्