बिहिबार , जेठ १२, २०७९

पल शाहलाई हतकडी लगाएर पुर्‍याइयो सरकारी वकिलको कार्यालय

फागुण २६, २०७८ बिहिबार 110

काठमाडौं : नाबालिग बालिकालाई ज’बर्जस्तीक’रणी गरेको आ’रोपमा प’क्राउ परेका अभिनेता पल शाहलाई अहिले बयानका लागि नवलपरासी पूर्वमा पुर्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय, तनहुँबाट मंगलबार बयानका लागि नवलपरासी पूर्व लगिएका अभिनेता शाहलाई बुधबार म्याद थप गर्न जिल्ला अदालतबाट बयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

प्रहरीले अभिनेता पललाई हातमा ह’तकडी लगाएर सरकारी वकिलको कार्यालयमा लगेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँपछि गैंडाकोटमा
पनि आफूमाथि ज’बर्जस्तीक’रणी गरेको भन्दै बालिकाले फागनु १६ गते इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अभिनेता शाहवि’रुद्ध उ’जुरी दिएकी थिइन् । गत १५ गते अभिनेता शाह प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
थप समाचार :

नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा च’रित्र ह’त्या गर्ने दुईजनालाई प’क्राउ गरेको छ —-

प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी च’रित्र ह’त्या गर्ने नागार्जुन नगरपालिका–८ भीमढुङ्गाका हरि परियार र लमजुङ राइनास नगरपालिका घर भई तारकेश्वर शेषमती बस्ने २७ वर्षीय निशान चिलुवाललाई आज पक्राउ गरेको हो ।

प’क्राउ परेका परियारले ‘नेपाल मिडिया’ र चिलुवालले ‘विशाल नेपाल’ नामक युट्युब च्यानलमार्फत गम्भीर प्रकृतिको अ’पराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेकाले

प’क्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । उनीहरुले विद्युतीय ऐन, २०६३ अन्तर्गतको क’सुर गरेकाले प’क्राउ गरिएको प्रवक्ता अर्यालले बताए। प’क्राउ दुवैलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिकृया दिनुहोस्