बिहिबार , जेठ १२, २०७९

नेपाली बजारमा पेट्रोलियमको मूल्य भारी मात्रामा घट्न सक्ने, रुसले दियो यस्तो अफर !

फागुण २७, २०७८ शुक्रबार 103

काठमाडौं : युक्रेनमा रुसले गरेको आक्र-मणका कारण अमेरिका र युरोपेली देशहरुले रुसमाथि धेरै किसिमका आर्थिक प्रति-बन्ध लगाएका छन् । एक दिन अघिमात्र अमेरिका र युरोपेली देशले रुसबाट तेद आयातमा समेत प्रति-बन्ध लगाएका छन् ।

यी प्रति-बन्धबाट स’मस्यामा परेको रुसका तेल कम्पनीहरुले भारतलाई तेलमा भारी छुट दिने अफर गरेका छन् । बिजनेस स्ट्याण्डर्डको रिपोर्टअनुसार रुसका तेल कम्पनीहरुले भारतलाई कच्चा तेलको मूल्यमा २५ देखि २७ प्रतिशतसम्म छुट अफर गरेका छन् ।

रुसी तेल कम्पनीहरुको यो अफरको सीधा असर नेपाली बजारमा पर्नेछ किनकि नेपालले भारतको इण्डियन आयल कर्पोरे-शनबाट प्रशोधित तेल किन्छ । नेपालले कच्चा तेल किनेर प्रशोधन गर्दैन । इण्डियन आयलले कच्चा तेल किनेर प्रशोधन गरेपछि त्यो प्रशोधित तेल नेपालले किन्ने गरेको छ ।

इण्डियन आयलले भारी छुटमा तेल किनेर सस्तो मूल्यमा आफ्नो बजारमा बिक्री गर्दा नेपालले पनि सस्तो मूल्यमा तेल पाउने सम्भावना उच्च हुन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भारी वृद्धि हुँदा त्यसको असरले नेपाली बजारमा पनि तेलको मूल्य बढिरहेको छ ।

भारत विश्वमै दोस्रो धेरै जनसंख्या भएको देश र क्षेत्रफलको हिसाबले सातौं ठूलो देश हो । भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद, महासभा लगायत कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा युक्रेन आ,’क्रमणको मु-द्दामा रुसको निन्दा वा रुसवि-रुद्ध मतदान गरेको छैन ।

यस्तोमा रुसी कम्पनीहरुले भारतीय बजारलाई प्राथमितामा राखेका छन् । पश्चिमी बजार बन्द भएसँगै रुसका लागि भारत निकै महत्वपूर्ण बजार बनेको छ ।युक्रेन आक्रमणका कारण रुसका कैयौं बैंकहरुलाई अन्तर्राष्ट्रिय बैंकिङ प्रणाली ‘स्विफ्ट’बाट हटाइएको छ जसले रुसलाई अन्य देशहरुसँग व्यापार गर्न कठिनाइ भइरहेको छ ।

रुसको सरकार यो स’मस्याबाट बाहिर निस्किनको लागि नयाँ भुक्तानी प्रणाली निर्माण गर्ने काममा जुटेको छ । रुसले नयाँ भुक्तानी प्रणाली विकास गरेर आफ्ना साझेदार देशहरुलाई जोडेको अवस्थामा भारत पनि यो प्रणालीमा जोडिनेछ र रुसको भारतसँग व्यापार बढ्नेछ ।

यो व्यापारमा ठूलो हि’स्सा तेलले ओगट्नेछ किनकि रुस विश्वका सबैभन्दा ठूला तेल निर्यातक मध्ये एक हो । रुसले प्रतिदिन ७ मिलियन ब्यारल तेल निर्यात गर्छ ।रुसको सबैभन्दा ठूलो सरकारी तेल कम्पनी रोसनेफ्टबाट भारतले अधिक मात्रामा कच्चा तेल किन्छ ।

गएको डिसेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत आएका बेला रोसनेफ्ट र इण्डियन आयलले २०२२ को अन्त्यसम्म नोभोरोस्सिएस्क बन्दरगाहमार्फत भारतलाई २ करोड टनसम्म तेल आपूर्ति गर्ने एक सम्झौतामा हस्ताक्षर गरेका थिए । भारत तेल खरिदका लागि मध्यपूर्वमा अधिक निर्भर छ तर पछिल्लो समय भारत अमेरिका र रुसजस्ता देशबाट तेल खरिद बढाउने प्रयासमा छ ताकि तेल खरिदमा विविधता आओस् ।

बिजनेस स्ट्या-ण्डर्डको रिपोर्टअनुसार रुसी तेल कम्पनीहरुले ब्रेन्ट क्रुड आयलको पुरानो मूल्यमा २५ देखि २७ प्रतिशतसम्म छुट दिन तयार छन् ।रुसी तेल कम्पनीहरुले भारी छुटको अफर गरेको संकेत दिँदै एक सूत्रले भनेको छ ‘प्रस्ताव आकर्षक छ ।यद्यपि अहिलेसम्म तेल खरिदको भुक्तानी कसरी गर्ने भन्ने प्रस्ट छैन ।’

यद्यपि यो पनि भनिएको छ कि प्र’तिबन्धको बीच रुससँग व्यापार सुरु गर्नुभन्दा पहिले भारत निकै सतर्क रहनुपर्छ । युक्रेनमा आक्रमणको बीच रुससँग तेल किन्दा यसले अन्य कैयौं देशहरुलाई रुष्ट बनाउन सक्छ किनकि ती देशहरुले यसलाई रुसलाई आर्थिक सहयोग गरेको रुपमा पनि हेर्न सक्छन् ।

निजी बैंकका एक प्रमुख कार्यकारीले बिजनेस स्ट्याण्डर्डसँग कुरा गर्दै भने ‘यो रुसको समस्या हो कि ऊ आफ्नो उत्पादन बेच्न सक्षम छैन । यु,’द्धका कारण कच्चा तेलको मूल्य ९० डलर प्रतिब्यारलबाट बढेर ११५ डलर प्रतिब्यारल पुगेको छ जसका कारण तेल खरिदका लागि भारतले पनि धेरै पैसा दिनु परिरहेको छ ।

हामीले तेल आयातको लागि रुसका अलावा अन्य विकल्प पनि खोज्नुपर्छ ।’ब्लुमबर्गको एक रिपोर्टअनुसार प्र’तिबन्ध लगाइनुभन्दा ठिक पहिले नै रुसको कच्चा तेलको मूल्य ११.६० ब्यारलभन्दा तल गएको थियो । यसका बावजुद रुसी कच्चा तेलको लिलामीमा बोली लागेन

किनकि रुसमाथि सम्भावित प्र’तिबन्धलाई दृष्टिगत गर्दै कोही पनि रुसको तेल किन्न तयार भएनन् ।रुसका कैयौं बैंकहरुलाई स्विफ्ट बैंकिङ प्रणालीबाट ह’टाइएपछि रुससँग व्यापार गर्न विश्वका कैयौं देशहरुलाई क’ठिन भएको छ । भारतको सरकार र भारतीय रिजर्भ बैंक रुसबाट आफ्नो आयातको भुक्तानीको लागि वैक*ल्पिक बाटो खोजिरहेका छन् ।

भारतले आफ्ना बैंक र कम्पनीहरुसँग वैकल्पिक बाटोको विषयमा छलफल गरिरहेको छ । बैंकहरुले भारत सरकारलाई व्यापारको लागि भारत र रुसको मुद्रा अर्थात रुपैयाँ रुबल व्यापार खाता सक्रिय गर्ने विकल्प सुझाएका छन् । यस विषयमा अन्तिम निर्णय हुन बाँकी छ । -डिसी नेपाल

प्रतिकृया दिनुहोस्