बिहिबार , जेठ १२, २०७९

अध्यक्ष ओली भन्नुहुन्छ, – “स्वतन्त्रता पाएपछि हामी अलि बढी नै छाडा भएका छौँ ” !

फागुण २७, २०७८ शुक्रबार 155

काठमाडौँ : एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्व’तन्त्रता पाएपछि छाडापन पनि बढेको बताएका छन् । स्व’तन्त्रताको नाममा नेपालमा पछिल्लो समय बढी नै छा’डापन बढेको उनले बताए ।

आज (शुक्रबार) पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनको उ’द्घाटन पश्चात् सम्बोधन गदै ओलीले भने, ‘स्वतन्त्रता पाएपछिहामी आवश्यकता भन्दा बढी अ’नियन्त्रित र छाडा भएका छौँ । स्वतन्त्रताको सही सदुपयोग गर्न नसक्ने स्थिति देखिएको छ ।

आम सञ्चारका माध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन बढेको छ । अबको सञ्चार क्षेत्रले उप’लब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ ।’ उनले प्रेस स्व’तन्त्रता आवश्यक रहेको तर नियन्त्रित हुनु जरुरी रहेको

पनि बताए । नेपालमा अहिलेसम्म कुनै पनि शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको बताउँदै ओलीले प्रेस स्व’तन्त्रताको लामो इतिहास नरहेको बताए ।

राणकालमा किताब लेखेकै भरमा जे’ल जानुपर्ने र लाइब्रेरी खोल्दा का’रबाही भोग्नुपर्ने अवस्था रहेको स्मरण गराउँदै ओलीले भने, ‘२००७ सालपछि मात्र बल्ल प्रेस स्व’तन्ततासम्बन्धी चेत पलाएको हो ।

तर २०४६ सालपछि मात्रै प्रेस स्व’तन्त्रताको उपभोग राम्रोसँग गर्न पाइयो ।’प्रेस स्व’तन्त्रता मानव अधिकारकै विषय रहेको बताउँदै तर यसको सदुपयोग हुनुपर्नेमा उनको जोड थियो ।

प्रतिकृया दिनुहोस्