मंगलबार , साउन १२, २०७८

थरका कारण कोठा नपाएकी रूपाले घरबेटीविरूद्ध प्रहरीमा दिइन् जाहेरी

असार ४, २०७८ शुक्रबार 226

थरका कारण काठमाडौंको बबरमहलमा कोठा नपाएकी २४ वर्षीया रूपा सुनारले घरबेटीविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्।उनी आफूमाथि विभेद भएको भन्दै प्रधान थरकी घरबेटीविरूद्ध जाहेरी दिन बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेकी थिइन्।

प्रहरीले साँझमात्रै जाहेरी दर्ता गरेको रूपाले जानकारी दिएकी छन्।’मसँग कल रेकर्डिङको प्रमाण पनि थियो। मैले प्रमाण पेश गरेपछि जाहेरी दर्ता गरिदिनू भन्दा उहाँहरूले दर्ता नगरी घरबेटीलाई फोन गर्नतिर लाग्नुभयो,’रूपाले सेतोपाटीसँग भनिन्,’एकछिन तनाव भए

पनि पछि उहाँहरूले दर्ता गर्नुभयो।’प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको छ।गत मंगलबार दिउँसो रूपा आफ्ना तीन जना साथीहरूसँग

बबरमहलमा कोठा खोज्न गएकी थिइन्। घरबेटीले सुरूमा कोठा दिने कुरा गरे पनि पछि थर थाहा पाएपछि कोठा नदिने बताएकी थिइन्।सो कुरा उनले आफ्नो फेसबुकमार्फत् राखेकी थिइन्। रूपा इमेज टेलिभिजनमा उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन्।

प्रतिकृया दिनुहोस्