बिहिबार , जेठ १२, २०७९

निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्छ :- नेता खनाल !

फागुण २८, २०७८ शनिबार 186

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाइ सम्बोधन गर्दै खनालले आगामी चूनावमा कांग्रेस र एमालेले पैसा बोकेर जाने तयारी गरेको भन्दै निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका हुन् ।

उनले कांग्रेसका एक समूह र एमालेले आफूलाई निर्वाचनमा एक नम्बरमा ह’राउने निर्णय नै गरेको समेत बताए । कांग्रेसभित्र प्रधानमन्त्री ए’कतावद्ध भएर नै जानुपर्ने भन्ने पक्षमा रहेको र अर्को पक्ष भने पैसा बोकेर

भएपनि अरुलाई हराउने पक्षमा रहेको उनले बताए । खनालले चूनावमा प’राजयको डरले आफूहरु नभाग्ने भन्दै पार्टीको नीतिका साथ जनतामाझ जाने उल्लेख गरे ।

त्यस्तै उनले जनतालाई भ्रममा पारेर नभई व्यवहारिक रुपमा नै सम्भव हुने कुरा लिएर निर्वाचनमा होमिने धारणा राखे । खनालले यहि गतिमा पार्टी अघि बढे दुई तीन बर्षभित्र आफ्नो पार्टी मुलुकको पहिलो पार्टी हुने दाबी गरे ।

प्रतिकृया दिनुहोस्