बिहिबार , जेठ १२, २०७९

होलीमा लोला हाने र इच्छावि’परीत रङ दले अ’भद्र व्यवहारमा मुद्दा चलाइने !

चैत्र १, २०७८ मंगलबार 102

काठमाडौं : होली पर्वमा जबरजस्ती रङ दल्नेलाई प्रहरीले अ’भद्र व्यवहारमा मुद्दा चलाउने भएको छ । पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छावि’परीतका कार्य भए

प्रहरी कानुनी रूपमा प्रस्तुत हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । उनले भने, “होलीका नाममा कसैमाथि पनि जबरजस्ती भएको पाइए प्रहरी कानुनानुसार अगाडि बढ्छ ।

सबैले पर्वलाई मर्यादित र संयमति रूपमा मनाऔँ । मदिरालगायत अन्य लागुऔ’षधजन्य पदार्थ सेवन गरेर होली खेलेको पाइए पनि प्रहरी कडा रूपमा प्रस्तुत हुन्छ ।

को’रोना म’हामारीका कारण पछिल्ला वर्षहरूमा खुलेर होली पर्व मनाउन नपाएकाले यो वर्ष भिडभाड बढ्न सक्ने प्रहरी बुझाइ छ । काठमाडौंका दर्जनौँ स्थानमा होलीका दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै आएका छन् ।

यो वर्षको होली पर्व काठमाडौंसहित पहाडी र हिमाजी क्षेत्रमा बिहीबार र तराईमा शुक्रबार परेको छ । होलीमा काठमाडौंमा १७ सय प्रहरी प्रत्यक्ष परिचालन हुनेछन् । यसबाहेक रिजर्भ फोर्स समेत हुनेछ ।

वसन्तपुर, सानोगौचरण, भृकुटीमण्डप, ठमेल, असन, नयाँ बानेश्वर, लैनचौरलगायत दुई दर्जन क्षेत्रमा बाक्लो सुरक्षा उपस्थिति बढाइने प्रहरीले जनाएको छ । ज”बरजस्ती लोला हान्ने, रङ दल्ने, गैर’कानुनी क्रियाकलाप गर्नेमाथि नि’गरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन हुनेछन् ।होली सुरक्षाको कमान्ड डीएसपी र इन्सपेक्टरले गर्ने प्रहरी तयारी छ ।

प्रतिकृया दिनुहोस्