काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीलाई फेरि पनि भोट दिनु भनेको साँढेको मुन्तिर दूध आउँछ कि भनेर बाल्टी थापेर
बस्नु सरह भएको टिप्पणी गरेका छन् । पार्टीले नेपालगञ्जमा आयोजना गरेको बिशाल आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भने, ‘साँढेको मुन्तिर बसेर दूध आउँदैन, त्यसरी नै नेपाली कांग्रेस, एमाले र माओवादीलाई जिताएर अब देशले
विकास र निकास पाउँदैन ।’ उनले ३१ वर्षसम्म कांग्रेस, एमाले र माओवादीले देशको विकास नगरेकाले अब पनि यी पार्टीलाई भोट दिनु भनेको आफ्नै मृ-त्युपत्रमा हस्ताक्षर गरेसरह हो भने । पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीले विदेशले बोकाएको संघीयताको भारी बोकेर ठूला दलले मिलेर
बसेको बाँके र बर्दियालाई कर्णालीबाट अलग गरेको टिप्पणी गरे । महामन्त्री डा. धवलशमशेर राणा र कुन्ती शाहीेले देशमा हिन्दु राष्ट्र र राजा ल्याउनका लागि एकपटक सशक्त आन्दोलनको जरुरी रहेकाले जनतालाई तम्तयार भएर बस्न आग्रह गरे ।
पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले इतिहास बोकेका राजाका शालिक ठडाउदा विदेशी दलाललाई असर परेको बताए ।
बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षतामा भएको
कार्यक्रममा सहमहामन्त्री ऋषिराज देवकोटा, लुम्बिनी प्रदेश
अध्यक्ष प्रदीप उदय, केन्द्रीय सदस्य फत्तेसिंह थारु, रेखा थापालगायतले राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको लागि राप्रपालाई जिताउनु पर्ने बताए ।
प्रतिकृया दिनुहोस्