मंगलबार , साउन १२, २०७८

गोसेन्सले लिए रोनाल्डोसँग मिठो बदला

असार ६, २०७८ आइतबार 136

रोबिन गोसेन्सले एक पटक इटालियन सिरिए एको खेलमा एटलान्टा र युभेन्टसबीचको खेलपछि क्रिस्टियानो रोनाल्डोसँग उनको जर्सी मागेका थिए ।

तर, पाँच पटकका बालोन डि’ओर विजेताले जर्मन खेलाडीतर्फ नहेरी ‘हुन्न’ भन्ने जवाफ दिएका थिए ।​‘मैले निकै लज्जा महसुस गरेको थिएँ,’ आफ्नो आत्मकथामा गोसेन्सले

लेखेका छन्, ‘म त्यहाँ हिँडे र आफूलाई निकै तुच्छ ठानेँ ।’रोनाल्डोसँगको पछिल्लो भेट भने उनका लागि सुखद रह्यो ।

पोर्चुगललाई ४–२ ले हराउने क्रममा दोस्रो हाफमा सब्सिटिच्युट गरिँदा एलान्ज एरिनामा तालीको गडगडाहटले पक्कै पनि उनले आफूलाई ‘१० फुट अग्लो’ महसुस गरिरहेका होलान् ।

यो पनि

​केही सेकेन्ड अघि मात्र उनले एक गोल गरेका थिए भने दुईवटा गोलको अवसर सिर्जना गरेका थिए ।

प्रतिकृया दिनुहोस्