शनिबार , अषोज ९, २०७८

आत्तिए सेयर लगानीकर्ता, बजारमा ६३ अंकको पहिरो r

असार ६, २०७८ आइतबार 170

आइतबार सेयर बजारमा ६२.९७ अंकको पहिरो गएको छ। यस दिन ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। २३२ कम्पनीहरुको कारोबार हुँदा १७ कम्पनीको मूल्य मात्रै बढेको छ भने अरु २१५ कम्पनीको मूल्य घटेको छ।जलविद्युत

कम्पनीका लगानीकर्ता गुमाउनेमा अगाडि देखिएका छन्। बोर्डको विज्ञप्तिमा ‘जोखिमयुक्त’मा सबैभन्दा धेरै अर्थात सूचीकृतमध्ये आधा कम्पनी जलविद्युत कम्पनीहरु छन्। केही जलविद्युत आयोजनाहरुमा अविरल वर्षाका कारण क्षति पुगेकाले पनि

जलविद्युत कम्पनीको सेयर बिक्रीमा चाप परेको छ। सबै समूहहरु ओरालो लागेका छन्। जलविद्युत समूह १०१ अंकले घटेको छ। बैंकिङ ३५, ब्यापार ९८, होटल तथा पर्यटन ८८,

विकास बैंक १६५, फाइनान्स ८०, निर्जीवन बीमा २७९, उत्पादन १४९, अन्य ५१, माइक्रोफाइनान्स ११७ र जीवन बीमा समूह ३१० अंकले घटेका छन्।

प्रतिकृया दिनुहोस्