मंगलबार , साउन १२, २०७८

रु. ७ करोड लगानीमा पशुपति क्षेत्रभित्र राममन्दिर निर्माण हुने

असार ६, २०७८ आइतबार 225

काठमाडौं । पशुपति क्षेत्रभित्र राममन्दिर निर्माण हुने भएको छ । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले धार्मिक विधिअनुसार राममन्दिरको शिलान्याश गरेका छन् ।

७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण सुरु गरिएको पशुपति क्षेत्र बिकास कोषले जानकारी दिएको छ । शिलन्यासपछि मन्त्री अरगरियाले पशुपति क्षेत्रलाई पारदशी बनाउनुपर्नेमा जोड दिए ।उनले

भ्रष्टाचारविरुद्धको आन्दोलनले मन्त्रीसम्म पुगेको भन्दै उनले भ्रष्टाचार रोक्ने एकमात्र लक्ष्य हुने जिकिर गरे । मन्त्री अरगरियाले पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउने नभई व्यवस्थित रुपमा राखिने प्रतिवद्धता जनाए ।

सरकारी बजेटमा नभई पशुपतिले सहयोगबाट मन्दिर निर्माण गर्न खोज्नु स्वागतयोग्य भएको र पुरातत्व बिभागको नियमअनुसार मन्दिर निर्माण गर्न सुझाव दिए ।

त्यस्तै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रका भौतिक तथा अमूर्त सम्पदाहरुको संरक्षणमा बिशेष ध्यान दिइने जिकिर गरे । उनले कोषमा देखिएका गुनासालाई सम्बोधन गर्ने जनाए ।

राममन्दिरसंगै नजिकका साधु बाबा बस्ने सतहहरुलाई पनि पुननिर्माण गरिने कोषले जनाएको छ । पुननिर्माणका लागि सो क्षेत्रबाट बाबालाई हटाइएको थियो । तर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन खोजिएको भन्दै विरोध भएको थियो ।

प्रतिकृया दिनुहोस्