शनिबार , अषोज ९, २०७८

काश्मिरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाई सेवा

असार ६, २०७८ आइतबार 324

भारतको काश्मिर क्षेत्रका सबै रेल स्टेशनहरुमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको छ । राजधानी श्रीनगरमा रहेको स्टेसनसहित काश्मिर

क्षेत्रका ६ हजार २१ स्टेशनमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको भारतीय रेलवे मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुले

आइतबार दिएको जानकारीअनुसार इन्टरनेट सेवाप्रदायक विभिन्न संस्थाहरूका इन्टरनेट सेवा ती स्टेशनहरुमा उपलब्ध गराइएको हो ।

रेलवे मन्त्री पियुष गोयलले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई जोड्न इन्टरनेटले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले रेल यात्रुहरुलाई रेल सेवा सुविधाजनक बनाउन पनि सहयोग पुग्ने उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्