शनिबार , कार्तिक ६, २०७८

किसानलाई लैनो भैँसी वितरण

असार ७, २०७८ सोमबार 390

पाल्पा । वडाको अनुदानमा रिब्दीकोट गाउँपालिका-३ खस्यौलीका किसानलाई लैनो भैँसी वितरण गरिएको छ ।

पाँच जना किसानलाई लैनो भैँसी र पाँच जनालाई पाडी वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद खनालले जानकारी दिनुभयो । न्यून आय भएका र हेफर नेपालसंगको

पालिका स्तरिय कार्यक्रममा आवद्ध किसानहरूलाई मागको आधारमा मुर्रा र हरियाणा जातका भैँसी-पाडी वितरण गरिएको वडाध्यक्ष खनालले बताउनुभयो ।वडाको ३०

हजार रुपैयाँ अनुदानमा भैँसी र पाडी वितरण गरिएको हो । किसानले यी भैँसी कम्तीमा तीन वर्ष आफ्नै गोठमा पाल्नु पर्ने छ । वितरण गरिएका भैँसीले दैनिक कम्तीमा

आठ लिटर दुध दिने वडाध्यक्ष खनालले बताउनुभयो । आउँदो दिनमा राम्रोसँग भैसी–पाडी पाल्न सके आर्थिक सम्वृद्धि हासिल गर्न सकिने किसानहरू बताउछन् ।

प्रतिकृया दिनुहोस्