मंगलबार , साउन १२, २०७८

माओवादी केन्द्रले पार्टी छोडेका नेता-कार्यकर्तालाई थप कारबाही अघि बढायो

असार ७, २०७८ सोमबार 201

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्तामातिको थप कारबाही अघि बढाएको छ ।

आज बिहान बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी छोडेका नेता तथा कार्यकताएलाई यसअघि गरिएका कारबाही अनुमोदन गर्दै निर्वाचन आयोगमा विवरण अद्यावधिक

गराउने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह तथा वडाहरूमा पार्टीको

तर्फबाट निर्वाचन जितेर आएका तर पछिल्लो समय पार्टी परित्याग गरेका सबैलाई कारबाही अनुमोदन गरेको हो । केन्द्रले यसअघि नै पार्टी छोडेकाहरूलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको

थियो । तर कारबाहीको अनुमोदन र केन्द्रीय समितिको माइन्युट भने बुझाएको थिएन । आजको बैठकले अनुमोदन गरेसँगै अब थप कारबाही सहितको विवरण अद्यावधिक गर्न आयोगमा पठाउने बताइएको छ ।

प्रतिकृया दिनुहोस्