शनिबार , अषोज ९, २०७८

माओवादी केन्द्रको आकस्मिक बैठक जारी, नयाँ प्रतिवेदन लेख्दै प्रचण्ड

असार ७, २०७८ सोमबार 174

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिकाे आकस्मिक बैठक बोलाएको छ । समसामयिक विषयमा छलफलका लागि भन्दै

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उक्त बैठक बाेलाउनुभएकाे हाे ।bअहिले सोमबार बिहानदेखि केन्द्रीय समिति बैठक अनलाइन भिडियाे कन्फ्रेन्समार्फत

चलिरहेकाे छ । जारी बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । विगत केही दिनदेखि नै अध्यक्ष प्रचन्ड

नयाँ राजनीतिक प्रतिवेदन लेख्ने तयारीमा व्यस्त रहेकाे बताइएकाे थियाे । जारी केन्द्रीय समिति बैठकमा पनि उहाँले पार्टी सुदृढीकरणका लागि केन्द्रीय सदस्यहरूसँग

सुझाव लिइरहनुभएकाे बताइएकाे छ । सबैकाे सुझाव समेटेर उहाँले नयाँ प्रतिवेदन तयार गर्नुहुनेछ । तत्कालीन नेकपा भंग भएपछि र माओवादीका केही केन्द्रीय नेताहरू

नै नेकपा एमालेमा प्रवेश गरेपछि पार्टीमा संगठन हेरफेरकाे समेत जरूरत बढेकाे बताइएकाे छ । यसै अनुसार नयाँ केन्द्रीय सदस्यहरू पनि थप्दै जानेबारे छलफल चलकाे स्राेतले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्