मंगलबार , साउन १२, २०७८

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

असार ७, २०७८ सोमबार 137

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा मंगलबार देखि सुरु हुने स्पेन भ्रमणको लागि बन्द

प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्ने कार्यक्रम हुँदा प्रशिक्षण सुरु गर्दै छ ।

नेपाली टोलीले बोलाएका २० सदस्य टोलीमा पृथु पनि थिए । मंगलबार अभ्यास थाल्नुअघि १९ खेलाडी र तीन अफिसलले कोराना परिक्षण (पिसिआर) गरेका छन् । जसमा पृथु

सहभागी थिएनन् । गत चैतमा स्पिनर बसन्त रेग्मी र पृथु टु एक्स क्रिकेट युएसए कप खेल्न अमेरिका गएका थिए । त्यसपछि उनीहरु नेपाल फर्किएका छैनन् । पृथुले नेपाल क्रिकेट

संघ (क्यान) लाई ब्यक्तिगत कारण देखाउँदै उपलब्ध हुन नसक्ने जानकारी दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पनूरागमनको पर्खाइमा रहेका मध्यक्रमका ब्याट्सम्यान

पृथु बास्कोटाले गत प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने क्रममा ४ खेलमा २ पटक अविजित रहँदै कुल २ सय १४ रन बनाएका थिए । पृथु २०१५

स्कटल्यान्ड भ्रमणपछि नेपाली टोलीमा छैनन् । बन्द्र प्रशिक्षणमा बोलाइएको नेपाली टोली : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख,

कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब र पवन सरार्फ ।

प्रतिकृया दिनुहोस्