बिहिबार , माघ १३, २०७८

डेनमार्क दोस्रो चरणमा, रुस ४–१ ले पराजित

असार ८, २०७८ मंगलबार 355

डेनमार्कलाई अन्तत युरो च्याम्पियनसिपमा खुसी मनाउने बहाना मिलेको छ । आन्द्रेस क्रिष्ट्रिन्सेन र जोआकिम माइल्लेले अन्त्यतिर दुई गोल गर्दा रुसविरुद्ध डेनमार्क ४–१ ले विजयी भयो ।

ड्याम्सगार्डले ३८ मिनेट गोल गर्दै डेनमार्कलाई अघि बढाएका थिए, युसुफ पाउलसेनले ५९ मिनेटमा अग्रता दोब्बर पारे । ७० मिनेटमा डिजुबाले रुसबाट गोल फर्काउँदा खेलजसकारण, गोलअन्तरमा फिनल्यान्ड र रुसलाई पछि पार्दै उसले अन्तिम १६ को यात्रा गरेको छ ।

यता, सेन्ट पिटर्सवर्गमा फिनल्यान्डलाई २–० ले हराएको बेल्जियम समूह बीमा शीर्ष स्थान हात पार्दै अन्तिम १६ मा पुग्दा तीन अंक हात पारेको डेनमार्क उपविजेता बनेको हो । तेस्रो स्थानमा रहेको फिनल्यान्ड र चौथा स्थानको रुसको पनि तीन–तीन अंक छ ।

त्यहीकारण, उत्कृष्ट हुने तेस्रो टोलीका रुपमा दोस्रो चरण पुग्ने फिनल्यान्डको संभावना कायम छ । तर सबै समूहका खेल सकिएपछि मात्रै यसको टुंगो लाग्नेछ ।

जारी युरोमा डेनमार्कको यात्रा उतार चढावपूर्ण रह्यो । नल्यान्डविरुद्ध आफ्ना स्टार खेलाडी क्रिस्टियन इरिक्सन मैदानमै ढलेपछि डेनमार्कका खेलाडीहरुमा मानसिक असर प¥यो । इरिक्सन होशमा आएको खबर सुन्नासाथ उक्त खेल फेरि सुचारु गरियो ।

र, डेनमार्क १–० ले पराजित भयो । दोस्रो खेलमा शक्तिशाली बेल्जियमसँग डेनमार्क पराजित भएको थियो । २–१ को अवस्थामा थियो । त्यसपछि दुबैले आक्रमणमा जोड दिए । ७९ मिनेट क्रिस्टेन्सन र ८२ मिनेटमा माइल्लेले गोल गर्दा फिनल्यान्ड ४–१ ले विजयी भयो ।

प्रतिकृया दिनुहोस्