मंगलबार , साउन १२, २०७८

डेम्बेलेले युरो गुमाउने

असार ८, २०७८ मंगलबार 161

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट

बोकेका थिए । ५७औं मिनेटमा एड्रिएन राविओटको स्थानमा मैदान छिरेका डेम्वेलेले चोट बोकेपछि ८७औं मिनेटमा मैदान छाड्नुपरेको थियो । उनी त्यो बेला नै घुँडामा चोट बोकेको संकेत गरेका थिए ।

फ्रान्सेली फुटबल फेडेरेसन (एफएफएफ)ले डेम्बेलले युरो कपका बाँकी खेल गुमाउने पुष्टि गरेको छ । उनको घुँडाको थप जाँच गर्दा उनले युरो कप खेल्न नसक्ने बताइएको छ । तर, चोट कस्तो गम्भीर

हो भन्ने विषयमा भने केही बताइएको छैन । फ्रान्सलाई नकआउट चरणमा पुग्नका लागि पोर्चुगलसँगको खेल निकै महŒवपूर्ण रहेको छ । उसले पोर्चुगलसँग बुधबार खेल्ने छ । उसले दुई खेलमा ४ अंक

बनाएको छ । पहिलो खेलमा जर्मनीलाई १–० ले हराएको फ्रान्स हंगेरीसँग बराबरी खेलेको थियो । यस्तै स्टकल्यान्डका युवा मिडफिल्डर विल्ली गिल्मरलाई कोरोना संक्रमण पुष्टि भएको छ । २० वर्षे चेल्सीका

मिडफिल्डर गिल्मरलाई अब १० दिनको आइसोलेसनमा राखिएको छ । युरोकप सुरु भएपछि खेलाडीमा कोरोना देखिएको यो पहिलो केस हो । इंग्ल्यान्डलाई वेम्ले रंगशालामा गोलरहित बराबरीमा रोक्दा उनले

उत्कृष्ट खेल खेलेका थिए । युरोकपअन्तर्गत इंग्ल्यान्डसँगको खेल खेलेको तीन दिनपछि उनलाई कोरोना पोजेटिभ देखिएको हो । स्कटल्यान्डका अरू खेलाडी भने ट्रेसिङमा नपरेको बताइएको छ । स्कटल्यान्डले समूहको अन्तिम खेलमा क्रोयसियासँग खेल्दै छ ।

प्रतिकृया दिनुहोस्