बिहिबार , माघ १३, २०७८

डेम्बेलेको शल्यक्रिया हुने, कम्तिमा तीन महिना मैदानबाहिर

असार ९, २०७८ बुधबार 154

एजेन्सी– फ्रान्सेली फरवार्ड ओस्मान डेम्बेलेले कम्तिमा तीन महिना मैदानबाहिर बस्नु पर्ने भएको छ ।घुँडाको शल्यक्रिया गर्नुपर्ने भएका कारण बार्सिलोनाका फरवार्ड डेम्बेलेले कम्तिमा तीन महिना

मैदानबाहिर बस्नु पर्ने भएको जनाइएको छ । यूरो कप २०२० अन्तर्गत शनिबार हङ्गेरीसँगको खेलका क्रममा उनले चोट बोकेका थिए ।समूह चरणको दोस्रो खेलअन्तर्गत हङ्गेरी विरुद्धको खेलमा उनी घाइते भएका थिए ।

खेलको ५७औं मिनेटमा डेम्बेले घाइते भएपछि उनको स्थानमा एड्रियन राबिओट मैदान प्रवेश गरेका थिए ।अब, उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएका

कारण डेम्बेलेले १६औं संस्करणको यूरो कपका बाँकी खेल गुमाउने भएका छन् ।यूरो कप ११ जुलाईमा सकिँदैछ ।यसैकारण पनि उनले अब यूरो कपका बाँकी खेल गुमाउने पक्का छ ।

प्रतिकृया दिनुहोस्