बिहिबार , माघ १३, २०७८

मन्त्रीहरुलाई बधाई दिन पुगेकाले नै बिदाई गरेर फ, र्किए

असार ९, २०७८ बुधबार 422

काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका नयाँ मन्त्रीहरु सिंहदरबार र मन्त्रि क्वार्टरमा बधाई खाइरहेका थिए । मन्त्री नियुक्त भएको दिन देखि आज अपरान्हसम्म उनीहरु शुभेच्छुक र कार्यकर्ताको बधाईको माला र खादा

लगाइरहेका थिए ।सिंहदरबारमा मन्त्रीहरुलाई खादा र माला लिएर बधाई दिन जानेहरुको भीड देखिन्थ्यो । निषेधाज्ञा केही खुकुलो भएकाले पनि शुभेच्छुकको भीड लागेको थियो । मन्त्री क्वार्टरमा पनि आज भीड लागेको थियो ।

अपरान्ह अकस्मात् सर्वोच्च अदालतको अन्तरिम आदेशले विस्तारित मन्त्रिमण्डलमा थपिएका २० जनालाई पदमुक्त गर्ने अवस्था बनायो । सिंहदरबारमा खबर फैलियो । मन्त्रीहरुलाई बधाई दिन पुगेकाहरु बिधाई गरेर फर्किए ।

मन्त्रीहरु निन्याउरो अनुहार लगाएर सिंहदरबारबाट निस्किए । मन्त्री क्वार्टरमा झिटिगुन्टासहित छिरेको केही दिनमै निस्कनुपर्ने भएको छ ।रोचक पक्ष यो छ कि सरकारमा चारजना मात्र मन्त्री रहेका छन् । मन्त्री क्वार्टरमा अब ४ जना मात्र मन्त्री बस्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्