बिहिबार , माघ १३, २०७८

अक्षय कुमारको ‘रक्षा बन्धन’को सुटिङ सुरु

असार ९, २०७८ बुधबार 250

काठमाडौं । लकडाउन खुकुलो बनाइएसँगै बलिउडका एक्शन अभिनेता अक्षय कुमारले आफ्नो आगामी फिल्म ‘रक्षा बन्धन’को सुटिङ सुरु गरेका छन् । अक्षय कुमार आफैले सोसल मिडिया इन्स्टाग्राममार्फत् ‘रक्षा बन्धन’को सुटिङ सुरु गरेको जानकारी गराएका हुन् ।

अक्षय कुमारले ‘रक्षा बन्धन’को सुटिङ सुरु भएको जानकारी गराउँदै निर्देशक आनन्द एल रायसँगको लेटेस्ट तस्वीर सेयर गरेका छन् । जहाँ उनी येल्लो कलरको कुर्ता र निधारमा रातो टिका लगाएका छन् ।

त्यस्तै, अक्षय कुमारसँग कुराकानी गरिरहेका निर्देशक आनन्द एल रायले सेतो सर्ट र जिन्स लगाएका छन् । तस्वीर सेयर गर्दै अक्षयले लेखेका छन्, ‘म आफ्नो दिदीको साथमा ठूलो भएको थिए । उनी मेरो पहिलो साथी थिइन् ।

हाम्रो दोस्ती अद्भूत थियो । ‘रक्षा बन्धन’ उनैमा समर्पित हो ।’यो फिल्ममा अक्षय कुमारको अनस्क्रिन दिदी–बहिनीहरुको भूमिका दीपिका खन्ना, सहेजमीन कौर, सादिया खाबीत र स्मृथि श्रीकान्तले प्ले गरिरहेका छन् । २०२० को रक्षा बन्धनको अवसरमा यो फिल्म निर्माणको औपचारिक घोषणा गरिएको थियो ।

प्रतिकृया दिनुहोस्