बिहिबार , माघ १३, २०७८

बेलायतमा फेरि बढ्यो को’रोना संक्र’मण

असार १०, २०७८ बिहिबार 325

लण्डन : बेलायतका अधिकारीहरुले यहाँ को’रोना भाइरसको सङ्क्र’मण दर फेरि बढ्न थालेको बताएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ गएको फेब्रुअरी महिनादेखि यता दैनिक सबैभन्दा धेरै सङ्क्र’मितहरु देखिन थालेको बताएको हो ।

यहाँ सोमबार मात्र ११ हजार ६२५ जना नयाँ सङ्क्र’मित थपिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । चौबीस घन्टा यता यतिधेरै सङ्क्र’मित थपिएको गएको फेब्रुअरी महिनापछि यो पहिलो पटक भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको मंगलबार बेलायतका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पछिल्ला यी सङ्क्रमितहरु समेत गरी आजसम्म बेलायतमा सङ्क्र’मित हुनेको संख्या ४६ लाख ५१ हजार पुगेको पनि बताइएको छ । त्यसैगरी २४ घन्टामा यहाँ २७ जनाको को’रोनाका कारण नि’धन भएको छ । यो समेत गरी बेलायमा यस सङ्क्र’मणबाट १ लाख २८ हजार जनाको ज्यान गएको छ ।

उता सरकारले को’रोना भाइरसको संक्रमणका कारण देशमा लगाएका प्र’तिबन्धहरु ह’टाउने क्रममा रहेको बताएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्या’ट ह्या’नककले निकै लामो समयदेखि जारी प्र’तिबन्धहरु ह’टाउने प्रक्रियामा रहेको बताएको समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्