शनिबार , कार्तिक ६, २०७८

कोपा अमेरिका : कोलम्वियामाथि ब्राजिलको पूनरागमन जित

असार १०, २०७८ बिहिबार 252

एजेन्सी । ब्राजिलले कोपा अमेरिका कपमा कोलम्वियामाथि पुनरागमन जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा ब्राजिलले कोलम्वियमाथि २-१ को

जित निकालेको हो । एक गोलले पछि परेको अवस्थामा ब्राजिलले कोलम्वियामाथि २-१ को पूनरागमन जित निकाल्दै समूहमा लगातार तेस्रो जित निकाल्यो । ब्राजिललाई जित दिलाउनको

लागि रोबर्टो फिर्मिनो र क्यासमिरोले गोल गरे । कोलम्वियाको लागि लुइस डियाज गोल गरेका थिए । खेलको १० औँ मिनेटमा नै कोलम्वियाले अग्रता लिएको थियो । जुआन कोर्डाडोको

क्रसमा डियासले गोल गर्दै कोलम्वियालाई अग्रता दिलाएका थिए । ७८औं मिनेटमा फिर्मिनोले गोल गर्दै खेललालई १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पाँचौ

मिनेटमा क्यासमिरोले गोल गर्दै ब्राजिललाई २-१ को पूनरागमन जित दिलाए । यो जितसँगै क्वाटरफाइनलमा स्थान बनाइसकेको ब्राजिल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । कोलम्विया ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्