मंगलबार , साउन १२, २०७८

विवादास्पद एन्टिभाइरसका निर्माता म्याकफी कारागारभित्रै मृत भेटिए

असार १०, २०७८ बिहिबार 227

काठमाडौँ । विवादास्पद एन्टिभाइरस सफ्टवेयरका निर्माता जोन म्याकफी स्पेनको कारागारमा मृत भेटिएका छन् । उनीमाथि अमेरिकामा कर छलीको अभियोग

लागेपछि पक्राउ गरिएको थियो । ७५ वर्षका म्याकफीलाई स्पेनले अमेरिका सुपुर्दगी गर्ने तयारी थियो, तर उनी स्पेनकै बार्सिलोना कारागारमा मृत फेला परेका हुन् ।

संयुक्त राज्य अमेरिकामा कर छली गरेको आरोपमा गत वर्ष अक्टोबरमा उनलाई स्पेनमा पक्राउ गरेर थुनामा राखिएको थियो । बुधबार अचानक दिउँसो उनी कारागारभित्रै

मृत भेटिएको बीबीसीले जनाएको छ । अहिले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ । यस हप्ता स्पेनको राष्ट्रिय अदालतका तीन न्यायाधीशहरूको समूहले म्याकफीलाई

अमेरिकालाई सुपुर्दगी गर्ने निर्णय गरेका थिए । अमेरिकामा उनले २०१४–२०१८ सम्ममा कर दाखिला नगरेको आरोप लगाइएको थियो । स्पेनका न्यायाधिशहरुले

उनलाई २०१६ ,२०१७ र २०१८ को कर दाखिला सम्बन्धि आरोपहरूको सामना गर्न स्पेनका न्यायाधीशहरूले उनलाई सुपुर्दगी गर्ने स्वीकृति दिएका थिए । तर बिबिसीका

अनुसार उनले कारागारभित्रै आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । क्याटालानको न्याय विभागले जेलका डाक्टरहरूले म्याफीलाई बचाउन खोजेको तर असफल

भएको बताएको छ । एक बयानमा भनिएको छ कि घटनाको प्रकृति हेर्दा म्याकॅफीले आफ्नो जीवन आफैँले लिएको संकेत गरेको छ । प्रविधिको दुनियाँमा उनी एक

विवादास्पद व्यक्तित्व मानिन्छन् । सुरुमा उनको कम्पनीले एक व्यावसायिक एन्टिभाइरस सफ्टवेयर बनाएको थियो । आफ्नै नामबाट उनले एन्टिभाइरसको नाम पनि

म्याकाफी राखे । कम्प्युटर जगतमा उनले एक अर्बौं डलरको उद्योगलाई उकासे । र अन्ततः उक्त सफ्टवेयर कम्पनी साढे ७ बिलियन डलरभन्दा बढीमा इन्टेललाई बेचेका थिए ।

प्रतिकृया दिनुहोस्