शनिबार , अषोज ९, २०७८

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा- आज देउवा पक्षका २३ जनाले बहस गर्दै

असार ११, २०७८ शुक्रबार 206

काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध परेको रिटमा निवेदकका

वकिलको बहस आज सकिने भएको छ । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरू

दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा

बुधवारदेखि बहस सुरू भएको थियो। देउवा पक्षका वकिललाई अदालतले दिएको १२ घण्टा समयमध्ये अब साढे

४ घण्टा बाँकी छ । आज अधिवक्ताहरू सुनिल पोखरेल, दिनमणि पोखरेल, भिमार्जुन आचार्य, ओमप्रकाश अर्यालसहित २३ जनाले बहस गर्नेछन् ।

प्रतिकृया दिनुहोस्