मंगलबार , साउन १२, २०७८

अन्तरिक्षबाट फुटबल हेर्दै थोमस पेस्वेट

असार ११, २०७८ शुक्रबार 275

अन्तरिक्षा यात्री थोमस पेस्वेटले अन्तरिक्ष यानमा बसेर फुटबल हेरेको फोटो सार्वजनिक गरेका छन् ।

उनले आफ्नो फेसबुकमा पोर्चुगल र फ्रान्सबीचको फुटबल हेरेको फोटो सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा फोटो हाल्दै पृथ्वी र अन्तरिक्षबाट फुटबल हुर्नुमा

एउटामात्र फरक छ भन्दै लेखेका छन्, ‘हामी यहाँबाट छिमेकीको उत्साह र हल्ला सुन्न सक्दैनौं ।’ उनी फ्रान्सका नागरिक हुन् । फ्रान्सभएको टिममा पोर्चुगल पनि छ ।

जसले गर्दा यसपालीको युरोकपमा आफ्नो टिमको लागि सजिलो नभएको उल्लेख गरेका छन् । तर यसले खेललाई अझ उत्साह थप्ने उल्लेख गरेका छन् ।
१९७८ मा

जन्मेका थोमस २०१६ नोभेम्बरमा पहिलो पटक ६ महिनाको लागि अन्तरिक्षामा गएका थिए । उनले १९७ दिन अन्तरिक्षमा बसेर सन् २०१७ जुन २ मा पृथ्वीमा फर्केका थिए ।

अहिले उनी दोस्रो पटक सन् २०२१ मा अन्तरिक्षमा गएका हुन् । उनी यसपाली अन्तरिक्षाको मिसनलार्य अल्फा भनिन्छ । उनी फ्रान्सको एरोनटिक एण्ड एस्ट्रोनटिक

एसोसियसन र अमेरिकन इस्टिच्युट अफ एरोनटिक्स एण्ड एस्ट्रोनटिक (एआईएएए)को सदस्य हुने । उनी स्पेसमा विज्ञानसम्बन्धी अध्ययनका क्रममा ६ सदस्यसहित विभिन्न रेकर्डसमेत बनाएका छन् ।

प्रतिकृया दिनुहोस्