शुक्रबार , अषोज ८, २०७८

भारतको जम्मु विमानस्थलमा पाँच मिनेटको अन्तरमा दुई शक्तिशाली विस्फोट

असार १३, २०७८ आइतबार 284

जम्मु : भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक वि’स्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको

वि’स्फोटबाट कुनै मानवीय क्ष’ति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् स्थानीय समय अनुसार बिहान १।४५ बजे पहिलो वि’स्फोट भएको थियो । घ’टनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ ।दुई वि’स्फोटमध्ये पहिलो वि’स्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो वि’स्फोट जमिनमा भएको थियो ।

“जम्मु विमानस्थल भित्र अति संवेदनशील क्षेत्रका दुई वि’स्फोटन भएको खबर आएको छ, घ’टनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्ष’ति भएको विवरण छैन,” एक जना सुरक्षा अधिकारीले भने ।

वि’स्फोटका कारण कसैलाई घाउचोट लागेको र कुनै यन्त्रमा क्ष’ति भएको विवरण पनि प्राप्त नभएको उनले जानकारी दिए ।घ’टनाका बारेमा छलफल र समीक्षा गर्न उच्च सुरक्षा अधिकारीहरुको बैठक बोलाइएको पनि उनले बताए । घ’टनालाई सुरक्षा अधिकारीहरुले गम्भीरतापूर्वक लिएको पनि जनाइएको छ ।

प्रतिकृया दिनुहोस्