बिहिबार , माघ १३, २०७८

सकियो, भोलिदेखि सरकार पक्षको बहस सुरु

असार १३, २०७८ आइतबार 215

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्धामा रिट निवेदक पक्षको बहस सकिएको छ । संवैधानिक इजलासले १२ घण्टा तोकेको समयअवधिभित्र रिट निवेदक पक्षका १६ जना कानुन

व्यवसायीले बहस गरेसँगै बहस सकिएको छ ।इजालासमा रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता सविता भण्डारी, बाबुराजा जोशी, अधिवक्ता पदम रोका, भीमार्जुन आचार्य, वरिष्ठ

अधिवक्ता बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, डा. चन्द्रकान्त ज्ञवाली, उमेश गौतम र यदुनाथ खनालसहित १६ जनाले बहस गरेका छन् ।

असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांंसदको तर्फका वकिलहरुको बहस सकिएको छ।भोलि (सोमबार)देखि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् ।

प्रतिकृया दिनुहोस्