बिहिबार , माघ १३, २०७८

निजी सवारीझैँ जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउने तयारी, भोलि निर्णय गरिने

असार १३, २०७८ आइतबार 398

काठमाडौं । बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने नगर्ने बारेमा सोमबार बस्ने बैठकले तय गर्ने भएको छ । आइतबार दिउँसो उपत्यकाका तीनै जिल्ला प्रमुख अधिकारीबीच बसेको बैठकले अहिलेसम्मको कोरोना संक्रमणबारे छलफल

भएको र भोलि बस्ने सोमबार बस्ने बैठकले निषेधाज्ञा थप गर्ने/नगर्नेबारे तय गर्ने काठमाडौं जिल्ला प्रुमख अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले बताए ।उनका अनुसार निजी सवारीजस्तै जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे

छलफल पनि भएको छ । ‘सार्वजनिक यातायात खुलाइनै हाल्ने भनेर निर्णय गरिएको छैन । भोलि बस्ने बैठकले संक्रमण दरको अवस्था हेरेर यसबारे विश्लेषण गर्नेछ । साथै, यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को

साताबाट मात्र थाहा हुने भएकाले र एकैपटक यातायात खुलाउदा अवस्था फेरी पूरानै हुने सम्भावना हुन्छ । त्यसैले जोरबिजोरबाट लैजान सकिन्छ भन्ने पनि बैठकमा छलफल भएको छ ।’अहिले निजी सवारीमा जोरबिजोर प्रणालीअन्तर्गत

साधन गुडाउन दिइएको भए पनि सार्वजनिक यातायात तत्काल सञ्चालन भएको छैन ।सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवसायीले माग गरिरहेका छन् । यस विषयमा

आइतबारको बैठकमा छलफल भएको छ ।असार १५ सम्म जारी निषेधाज्ञा थप गर्ने, सार्वजनिक सवारी चल्न दिनेबारेलगायत विषयको मोडालिटी भोलि बस्ने बैठकले तय गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्