शनिबार , अषोज ९, २०७८

समूह चरणको अन्तिम खेलमा भिड्दै अर्जेन्टिना

असार १४, २०७८ सोमबार 342

कोपा अमेरिकामा मंगलबार विहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्।समूह ‘ए’ अन्तर्गतको खेलमा उरुग्वे र पाराग्वे तथा बोलिभिया र अर्जेन्टिनाबीच खेल हुँदैछन्। दुवै खेल मंगलबार विहान ५:४५ बजे हुनेछ।

समूहबाट अन्तिम आठमा पुग्ने चारै टिमको टुंगो लागिसकेको अवस्था छ। अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वेले अन्तिम आठमा स्थान पक्का गरेका छन्। बोलिभिया भने बाहिरिएको छ।अंक तालिकामा अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोडेको छ।

दोस्रो स्थानको पाराग्वेको पनि समान खेलबाट ६ अंक छ।तेस्रो स्थानको चिलीले ४ खेलबाट ५ अंक जोड्दा चौथो स्थानको उरुग्वेले ३ खेलबाट ४ अंक जोडेको छ। तीनै खेलमा पराजित भएको बोलिभियाले अंक जोड्न सकेको छैन।समूह चरणमा

अर्जेन्टिना पहिलो खेलमा चिली १-१ गोलको बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा अर्जेन्टिनाले उरुग्वे र पाराग्वेलाई समान १-० गोलले पराजित गरेको थियो। दोस्रो स्थानको पाराग्वेले बोलिभिया र चिलीलाई हराउँदा अर्जेन्टिनासँग हार बेहोरेको थियो।

प्रतिकृया दिनुहोस्