मंगलबार , साउन १२, २०७८

संकटकाल लगाउने चर्चाबीच प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच भेट

असार १५, २०७८ मंगलबार 328

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । आज साँझ ओलीलाई भेट्न थापा बालुवाटार पुगेका थिए । दुवैबीच एक घन्टा लामो छलफल भएको छ ।

देशमा राजनीतिक संकट बढ्दै गर्दा प्रधानमन्त्री ओलीले प्रधानसेनापति थापालाई बोलाएर कुराकानी गरेका हुन् । भेटमा सुरक्षा अवस्थाका अलावा सरकारले चाल्न सक्ने कदमबारे कुराकानी भएको बुझिएको छ ।

पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीले संकटकाल लगाउनसक्ने चर्चा चलिरहेको छ । यसको आशंका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि गरेका छन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच यसबारे कुराकानी चलिरहेको जानकारीमा आएको बताए ।

संकटकालको चर्चा चलिरहँदा प्रधानमन्त्री र प्रधानसेनापतिबीचको भेटले तरंग ल्याएको छ ।संविधान अनुसार महामारी, प्रकोप, युद्धलगायतको अवस्थामा राष्ट्रपतिले

देशको कुनै भूभाग या देशभर संकटकाल लगाउनसक्ने व्यवस्था छ । तर, संकटकाल कति समय लगाउने एक महिनाभित्र संसदबाट पारित हुनुपर्छ । अन्यथा संकटकाल स्वतः निष्कृय हुन्छ ।

प्रतिकृया दिनुहोस्