शनिबार , अषोज ९, २०७८

भोलिदेखि भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिम

असार १५, २०७८ मंगलबार 379

काठमाडौँ : भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

गएरातीदेखि देशका विभिन्न ठाउँमा पानी परेसँगै भोलि मनसुन थप सक्रिय हुने भएकाले भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

भारी वर्षाको सम्भावना रहेकाले नदीमा बाढी र पहाडमा पहिरोको जोखिम बढेको छ ।

गएरातीदेखिको वर्षाले गर्दा केही नदीमा बाढी समेत आएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लामा बाढी र पहिरोको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्