बिहिबार , माघ १३, २०७८

अलंकृताले फिल्म छाडिन्

असार १५, २०७८ मंगलबार 694

मुम्बई : बलिउड अभिनेत्री अलंकृता असायले एक पञ्जाबी चलचित्र छाडेकी छन्। चलचित्रका निर्माताले दुव्र्यहार गर्नुका साथै उनका बारेमा भद्दा टिप्पणी गरेपछि अलंकृताले

फिल्म छाड्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ। अलंकृता यही चलचित्रमार्फत पञ्जाबी फिल्म उद्योगमा डेब्यु गर्ने तयारीमा थिइन्। तर, ‘फुफ्फडजी’ चलचित्रका निर्माताको खराब

व्यवहारका कारण उनको पञ्जाबी फिल्मको डेब्यु लम्बिएको छ। उनले चलचित्रका बाँकी टिम राम्रो भए पनि निर्माताको व्यवहार र भद्दा टिप्पणीले बाध्य भएर छाड्ने निर्णय गरेको बताएकी छन्।

‘म पञ्जाबी चलचित्रमा डेब्यु गर्न निकै उत्साहित थिएँ। चलचित्रका बाँकी टिम पनि राम्रा थिए। केही दिन काम पनि राम्रै भएको थियो। तर, निर्मातामध्येका एक व्यावसायिक देखिएनन्।

उनले मेरा बारेमा विभिन्न टिप्पणी गर्ने, दुव्र्यवहार गर्ने काम गरे’, अलंकृताले भनेकी छन्, ‘त्यही कारण पहिलो पञ्जाबी चलचित्रमा टिकिरहन सकिनँ।’ उनले यसअघि पनि थुप्रै निर्माता र निर्देशकसँग काम गरे पनि पहिलो पटक दुव्र्यवहारको सिकार भएको बताएकी छन्।

प्रतिकृया दिनुहोस्