मंगलबार , साउन १२, २०७८

पहिरोले पृथ्वी राजमार्ग अ’वरुद्ध

असार १६, २०७८ बुधबार 200

पहिरोले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अ’वरुद्ध भएको छ। पहिरोका कारण लेदो माटो

झर्दा म्याग्दे–४ मा बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो। लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग

अ’वरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए। ‘पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका

थिए, १२ चक्के गाडी नै फस्यो। त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ,’ उनले भने। उक्त सवारी हटाउन

जेसीभीका लागि सडक कार्यालयसँग समन्वय गर्न खोजे पनि सम्पर्क हुन नसकेपछि स्थानीय व्यक्तिको जेसीभी ल्याएर काम गर्न सुरू गरिएको छ।

प्रतिकृया दिनुहोस्