शनिबार , अषोज ९, २०७८

किम जोङ उनले गरे आफ्नो पार्टीका नेताहरूको आलोचना

असार १६, २०७८ बुधबार 202

उत्तर कोरियाका शासक किम जोङ उनले महामारीविरूद्ध सत्तारूढ पार्टीका जिम्मेवार नेताले आफ्नो काम राम्ररी नगरेको भन्दै आलोचना गरेका छन्।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार मंगलबार भएको वर्कर्स पार्टी अफ कोरियाको पोलिटब्युरो बैठकमा किमले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेर

देश र जनतालाई असुरक्षित बनाएको भन्दै नेताहरूलाई गाली गरेका हुन्। उत्तर कोरियामा के घटना भयो र त्यसले असुरक्षा सिर्जना गर्‍यो भन्नेबारे भने खुलाइएको छैन।

‘भाइरसविरूद्ध राष्ट्रिय आपतकालिन लडाइँका लागि पार्टीले गरेका निर्णयहरूलाई बेवास्ता गर्दै जिम्मेवार अधिकारीहरूले गम्भीर गल्ती गरेका छन्। त्यसले यो राष्ट्र र यहाँका मानिसको

सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ,’ उनको भनाइ उद्धृत गर्दै केसिएनएको समाचारमा लेखिएको छ। उत्तर कोरियाले अहिलेसम्म आफ्नो देशमा एक जनालाई पनि कोरोनाभाइरसको

संक्रमण नभएको दाबी गर्दै आएको छ। महामारी नियन्त्रणका लागि उसले छिमेकी देशहरूसँगको सीमा महिनौंदेखि सिल गरेको छ भने आन्तरिक रूपमा पनि आवात-जावतलाई नियन्त्रणमा

राखेको छ। विशेष गरी चीनसँगको सीमा बन्द हुँदा र बाढीलगायत प्राकृतिक कारणले उत्पादनमा कमी हुँदा उत्तर कोरियामा खाद्यान्न संकट हुन लागेको बताइएको छ।

प्रतिकृया दिनुहोस्